Monday, December 13, 2021

 सोलु यात्रा सम्झनामा

१.

जाडो ठाउँमा ठूलै मगमा कफी खाँदा पनि धित मरेको जस्तो नलाग्ने । 'हट मोमो याण्ड रेस्टुरेण्ट'की बहिनीले मेरो गिलास नरित्तिदै थर्मसबाट कफी सारेर थप्न आइन् । मैले मेरो मग अघि सारेँ । मग भरियो । धित म-यो । यसभन्दा अघि सल्लेरीमा,  नेतेमा, देउसामा, पावैमा, बुंगमा, थामडाँडामा र अरु ठाउँमा जहाँ पनि चिया कफी खाँदा थप्ने "अफर" आउँथ्यो । मैले "भयो, पुग्यो !" जनाउ दिन्थेँ । सामान्य भन्दा ठूलै मगमा कफी चिया थपी थपी खुवाउने यताको चलनै रहे । जाडो ठाउँको गज्जबको काइदा । पैसा चाहिँ पहिलो मगको मात्रै मन जितेर लिने । ३ दिनको यात्रा पि लुक्ला पुगेर मात्र चाल पाइयो । लोभ लागेर हो कि पुतो लागेर हो, "चाल पाएको भए हिजो अस्ति पनि थपिन्थ्यो होला !" मनमनै सोचेँ । 

४ जनाको यात्रा । यात्राको पहिलो दिन । काठमाडौँबाट । सोलु सबैको लागि पहिलो पटक । फाप्लु यरपोर्ट ओर्लिएर २० मिनेट जति ओरालो लागेपि सल्लेरी बजारको एउटा रेष्टुरेन्टमा बिहानको खाना अर्डर गर्न पुगियो ११ नबज्दै । खाना पर्खन कफी खाने कुरो भयो । कफी आयो । "कफी थप्ने कि ?" अफर आयो । हामी कसैले थप्न चाहेनौँ ।
खाना खाइवरी "सोलु टाइगर" पर्ख्यौं नेते पुग्न । कच्चीबाटोमा सोलुटाइगर जीप चढेर पहाडको काखै काख गुड्यौँ । दाहिनेपट्टि तुवाँलोले ढाकेका पुड्का डाँडा देखिन्थे । डाँडाका मध्य भागमा सडकका धर्सा तेर्सो ओरालो कुदेका थिए । "ऊ त्यो पारीको सल्यान !" ड्राइभरको ेउमा बसेकाले मलाई चिनाए । मैले आँखा च्यातेर हेरेँ; पहाडको ठाउँ भए पनि सम्म परेका ठूला ठूला गह्रा परेका बारी ।  निला पाता टल्केका घर । सुन्दर । 
अढाई घण्टामा नेते पुगेर सोलुटाइगरले हामीलाई बिसायो । अबदेखि लुक्ला पुगुन्जेल पैदल हिँड्नु पर्ने । केहि बेर सडकलाई प्याएर ओरालो ोटो बाटो हिँडियो । झमक्क साँझ पर्दा देउसा गाविसको बूढीडाँडा पुग्यौँ । सडक मुनि हिमसिखर होटेलको साइनबोर्ड टल्कियो । हामी त्यहिँ बास बस्यौँ । त्यसो त रातिको खाना पर्खन चिया पर्खँदा थप्ने अफर यहाँ पनि आएको थियो । खाने बेला भैहाल्यो । पहाडका गेडागुडीको झोल र मधेसको चामलको भात । डल्लो खुर्सानीको अचार । भोलिपल्ट कहाँ के खान पाइने हो ? पेटभरी खाइयो र सुत्न उक्लियो । मुस्किलले एक हात चौँडा खाट । सधैँ यहिँ बस्ने होइन । एक रात त हो नि । आखिर अर्को दिन उज्यालो हुनेबित्तिकै यो ठाउँ ोड्नु  । कतै सुनेको थिएँ, "चरैवति चरैवेती - हिँडिरहुँ, हिँडिरहू ।"
*************
२.

"हेर्नोस्, ऊ त्यो सल्लाको रुख मुनि पन्चकन्याको मन्दिर  । यो ठाम्लाई देवीस्थान भन्न् । सुन्नोस्, चाख लाग्दा घटना भएका न् यो मन्दिरमा । २०४५ सालको कुरो हो । ेस्कम गाविसको अल्लो फ्याक्ट्री अवलोकन गर्न राजा वीरेन्द्र यहि मन्दिरको डाँडा माथि भएर हेलिकप्टरमा सवारी हुँदा ातीमा सरकारलाई असजिलो महसुस भएर अघि नबढी तुरुन्तै हेलिकप्टर फर्काएर तलबाट घुमाएर लगिए । पि काठमाडौँ पुगेपि देवीको सम्झना र सेवामा राजाले एउटा ठूलै घण्टा चढाउन पठाएन् । मन्दिरमा त्यो घण्टा ऐले पनि  ।" बाटोमा भेटिएका एक जना राई भाइले पावै र सोतांग गाविसको बीचमा पर्ने डाँडामा हामी सुस्ताउन बस्दा सुनाए । 
बिहान बूढीडाँडाबाट झरेर झोलुंगे पुल तर्नासाथ पावैरो खोर्दा गाउँमा बाटोको ेउमा एउटा घरमा एमानको केराका खाप बेच्नका लागि झुण्ड्याइएको देखियो । नखाई मन थाम्न सकिएन ।
 "केरा कसरी ?"
"कोसाको पच्चिस ।"
४ जनाले सय रुप्पेमा एक एक कोसा त्यसै त्यसै हौसिएर खायौँ। भर्खरै एक एक बटुका थुक्पा हुलेको पेटमा साँच्चिको मुंग्रो जत्रो मुंग्रे केराले पन्चकन्याको डाँडामा आइपुग्दा पेट चर्काइदिएको थियो । मैले हाम्रो विश्रामलाई लम्ब्याउन देवीस्थानको कथा सुनाउन हौसिएका राई भाईसँग थप जिज्ञासा राखेँ, "अनि यो मन्दिरको उत्पत्ति कसरी भएको रहे नि, भाइ ?" 
"सुन्नोस्, १६ सताब्दीतिरको कुरो हो । यहिँ बस्ने सेलाम घले र रुस्लाम घले दुई भाइका ५ जना ोरी रहेन् । उनीहरुलाई घरीघरी आइलाग्ने दैवीप्रकोपले आत्तिएर ती दुई भाइ ऊ पर त्यो पाखामा बस्ती सरेन् । तर उनीहरुका ५ बहिनी ोरीहरु त्यो नयाँ ठाउँबाट प्रत्येक रात गायब हुँदा रहेन् । बाउहरुले ोरीहरुलाई खोज्दा यहि उनीहरुको पहिलाको घरठाउँमा खेलिरहेका भेट्टिने । दिनदिनै प्रत्येक रात यहि घटना दोहोरिने । घले बाउहरु हुक्क भएर रिसको झ्वाँकमा ोरीहरुलाई सामान्य कुटपिट गर्दा पाँचै जनाले  देहत्याग गरेन् । त्यसपि त झन् ठूला ठूला बिपत आइलागेन् र धार्मिक गुरुहरुले त्यहाँ पन्चकन्या देवीलाई ससम्मान नउतारे बिपत नरोकिने सुझाएपि सबै मिलेर विधी गरी पन्चकन्यादेवी उतारी मन्दिर निर्माण गरेन् ।" राई भाइले जोस्सिदै अघि बढे कथा सुनाउन, "सुन्नोस्, अहिले प्रत्येक बर्ष उधौली र उभौलीमा यहाँ ठूलो मेला लाग् । सयौँ पाठीहरुको बली दिइन् ।"
तर अब चाहिँ हामी नजोस्सिए सोतांग काट्न सकिदैनथ्यो । सोतांग काटेर बुंग गाविस पुग्ने लक्ष हाम्रो बास बस्नका लागि । नचाहँदा नचाहँदै राई भाइलाई कथालाई बिट मार्न लगाएर हाम्रो यात्रा अघि बढ्यो ।
सोलुका गाउँघर, बनपाखा, खेतबारी सबै रमाइला रसिला यो महिनामा । घरका आँगनमा ठडिएका अग्ला मकैका सुली, बारीका डिलमा कुटमिरो, खन्यौँ आदि घाँसका बुटा, लटरम्म फलेका बेलौती, सुन्तलाका बोट, महिलाले धान काट्दै पाँजा लगाउँदै गरेका पाखा बारीका गह्रा, सम्म परेको साना चौरमा चर्खे पिंगतिर नजर दौडाउँदै कुद्दा दिन बितेको पत्तै नहुने । 
लक्ष राख्नु पर्, पुगिन् । मंसिर महिनाको ोटो दिन । त्यसमाथि पूर्वतिर पश्चिममा भन्दा चाँडै रात पर्ने । टाउकेबत्ती बालेर पौने सात बजे बुंगको पेलमांग गाउँमा पुगियो भर्खरै चिनजान भएका राईका आफन्त दाइको घरमा बास बस्न । बाहिर जाडोले सिउसिउ गराउने भएकोले धुलाम्मे हातखुट्टा पानीमा चोपलेर परिवारसँगै भान्सामा झुम्मियौँ हामी पनि । 
राई दाइले टाँड मुनि ठूलो अगेनोमा ढिँडो ओडाल्न सुरु गर्नुभयो। कापे काठलाई कसौँडीको घाँटीमा अड्याएर खुट्टाले कापेकाठको फेदलाई थिची दह्रो दाबिलोले राइ दाइले ढिँडो  फत्काई फत्काई पकाउनुभयो । उता अर्कातिर राइनी दिदीले पहाडका चुकिला गोलभेँडालाई अगेनाको भुंग्रोमा पोलेर अचार बनाउँदै । भोकले चुर भएको बेला मुख पानी पानी भयो । तर पर्खाई लामो भएन । राईनी दिदीले कोदोको लिसिलो ढिँडोले थालमा पहाडका ढिस्का बनाएर हाम्रा अगाडि राखिदिनु भयो । मकैको ढिँडो त खाएकै थिएँ मैले डल्ला पार्दै, झोलमा डोब्दै खुर्लुक्क खुर्लुक्क निलेर । तर यस पटक कोदोको ढिँडोलाई आफ्नै तरिका अपनाएँ: ढिँडोभित्र गोलभेँडाको पीरो चुकिलो अचारलाई मोमोमा झैँ बेरेर घाँटीबाट खुर्लुक खुर्लुक । राईका बूढाबूढी मेरो ढिँडो स्टाइल हेरेर अर्कै तर्फ हेरेर हाँसेको मैले चाल पाएको थिएँ । उहाँहरुले सागको तिउनमामा ढिँडो लपेटेर चिप्लाउँदै हुनुहुन्थ्यो । 
"सागसँग खानोस् न !"
आधा मानो पेटभित्र हुलिसकेको थिएँ, कति अटाउनु ! म टन्नै भसकेँ । हात टेकेर चुठ्न उठ्दै मैले सन्तोष प्रकट गरेँ ।  मलाई मजा लागेको थियो यो खान्की । हो, मैले भोजनभन्दा भोक मिठो भएको धेरै पटक अनुभव गरेको ु ।
"अब सुत्नोस् । भोलि बिहानै घाम नचर्किदै सुरु गर्नु पर् । ठाडै उकालो , शेर्पागाउँ नपुग्जेल । मकै र भटमास भुटी दिउँला, झुरुम धुरुम मकै भटमास बजाउँदै उकालो काट्नुहोला ।" राई दाइले सुझाउनु भयो ।
जीवनको चालिसको उकालो लाग्ने बेलासम्म कति उकाला हिँडिए हिँडिए; गनी साध्य ैन । तर पनि उकालो सुन्यो कि गाह्रो लाग् । 
"सबैलाई उक्लिन किन गाह्रो हँ ? के यो प्राकृतिक नियम विपरित नै हो त ? जो सुकै होस् । भोलि निकै उचाईमा पुगिन् । शेर्पा बस्तीमा म खासै उठबस गरेको पनि ैन । पक्का साह्रै रमाइलो हुन् । सुच्या (शेर्पा चिया) खान पाइन् ।"  सिरगभित्र तात्तिदो सरिर, सरिरभित्र कल्पनाले पुलकित मन । रोमान्चित हुँदै सिरगभित्र टाउको लुकाएँ । कुन बेला निदाएँ, पत्तै भएन ।

**************
३.

पेलमांगबाट बिहान ७ बजेतिर मकै भटमासको खाजा बोकेर ठाडै उकालो लागियो । माथि लेकमा पुगेपि तेर्सो बाटो रहे बुआ खोला तरुन्जेल । अनि फेरि उकालो । शेर्पागाउँमा पुगेपि अझ माथि मनोरम लाग्ने झुम्म हरिया कोणधारी रुखले घेरेको कम्पाउन्ड सहितको गुम्बा देखियो । यात्रामा विविधता र नौलोपनाले नयाँ शक्ति दिन् । बिहानको खाना खान पुग्ने योजना बनाएको ठाउँ पनि यहि रहे । गुम्बाको सुन्दर दृश्य र खाना खाने योजनाले उकालाले लस्त भएका हामीलाई िट्िट्टो तान्यो । गुम्बा पुगियो । ११ बजे । गुम्बाको देब्रे पट्टि पारी एउटै घर  । होटेल । उकालोमा पावैमा खाएको थुक्पाले हामी मध्ये कोहिले थुक्पा खाने योजना बनाएका, कोहिले दिन भरीलाई थेक्गैन कि भनेर भात । तर त्यहाँ आई पुग्दा होटेल बन्द रहे । सबैका खुट्टा गले, लल्याकलुलुक । धन्य ! अल्लि माथि अर्को होटेल रहे । हेर्दा १५ मिनेटमा पुगिएला जस्तो, हामीलाई पूरै आधा घण्टा लाग्यो । शेर्पिनी आमाले मुसुरीको दाल, भात र करेसाबारीको साग पकाउनु भयो । साधारण, सामान्य खाना । तर शेर्पिनी आमा ोरीले हामीलाई खाना खुवाउँदा खाना सँगै मिसाउनु भएको केहि प्रेम, यथासक्य सत्कार र आत्मीय मुस्कानले गर्दा हामीले खुबै मिठो मानेर थपी थपी खायौँ । त्यस पिको उकालामा समेत हामीले वहाँको आतिथ्यलाई प्रसंशा गर्दै हिँड्दा डाँडाको टुप्पोमा पुगेको पत्तै भएन । टुप्पोलाई अझ अग्लो बनाएको रहे एउटा निकै प्राचिन झैँ लाग्ने ढुंगै ढुंगाको चैत्यले । एक जना नेपाली गाइड र भरियासँग हिँडेको ८० बर्ष माथिको विदेशी भेटियो थुम्कोमा बिसाएको । 
"तपाईँ कहाँबाट आएको ?" मैले सोधेँ ।
"जर्मनी ।"
हामी नेपाली ।" आखिर हामी पनि त ऊ जस्तै पदयात्राका पर्यटक हौँ सोलुखुम्बु हेर्न हिँडेका। 
"तर तिमीहरु कोहि पनि शेर्पा होइनौ । तिमीहरुको अनुहार उनीहरुको (गाइड र भरियालाई देखाउँदै) जस्तो ैन । यतिभन्दा उसले नेपाल, भारत र चिनको नक्सा कोर्न भ्याइसकेको थियो भुईँमा ेस्काले । नक्सामा भारततिर औँलाएर हामीलाई भन्यो, "तिमीहरु इन्डियाबाट आएका हौ ।" 
भौगोलिक नौलोपना र मनोरमा बाहेक यो यात्राका मेरो विशेष अनुभव भनेकै शेर्पाहरुबाट पाएको प्रेम र सत्कार अनि राईहरुको आत्मीयता, उनीहरुका रमाइला कुरा र जहाँ गए पनि उस्तै आफ्नै लाग्ने संस्कृतिका कथा । मेरो नेपाली मन त्यसै त्यसै फुरुंग भएको बेला कहाँबाट यो जर्मनको कृत्रिम वर्णन । मलाई "कन्दरा" ब्याण्डको एउटा गीत याद आयो:
के पहाड के तराई के हिमाल,एउटै नेपाल,
हामी सबैकी आमा हुन,सबै उनकै सन्तान,
म कोही तिमी कोही फरक नमानी,
एउटै मन एउटै जात हाम्रो नेपाली ....
उसले शेर्पा ठानेका गाइडहरु मंगोल भए पनि वास्तवमा शेर्पा थिएनन् भन्ने कुरो गाइडहरुको जर्मनको कुरा सुनेर गरेको हाउभाउबाट र हामी नेपाली नेपालीले बुझ्ने वहाँहरुको फरासिलो हाँसोबाट हामीले चाल पायौँ । वहाँ गाइडहरुलाई उसले उत्तरतिरबाट नेपाल पसेको भन्न खोज्दै थियो । 
नेपालको उत्तरतिर देखाएर देशको नाम सम्झन आँखा चिम्ल्यो । 
हामी मध्ये कसैले भन्यो, "चिन ।" 
"होइन, गलत । तिब्बत हो । चिन हुँदै होइन । चिन यी यता माथि  ।" जर्मन बूढो कड्कियो । 
बूढोसँग झगडा गर्ने कुरो पनि भएन । पर्यटन गाइडबुकको सिमित ज्ञानबाट दिक्षित बूढासँग तर्क गर्नुभन्दा उसको यो उमेरमा यो उचाईमा हिँड्ने साहसलाई कदर गरेर हामी अघि बढ्यौँ । नबढी पनि त भएन । उस्ले यहाँबाट ६ दिनमा लुक्ला पुग्ने योजना बनाएको रहे; हामी यो बिन्दुबाट डेढ दिनमा ।
तीन नबज्दै ्याराखोर पुग्यौँ । राई भाषामा ्याराखोर भनेको बाख्राखोर रे । चिसोमा भोक चाँडै लाग्ने ।  २९३० मिटरको उचाईमा गज्जबको होटेल भेटियो: महाकुलुंग मेरा रेस्ट पोइण्ट । समोसादेखि  मोमोसम्म पाइने । जहाँ नपाइनु पर्ने चिज हो त्यहि चिज यहाँ देख्दा हामीलाई खाउँ खाउँ लाग्यो । समोसा मगायौँ । सहयात्री तिर्थ कार्कीले टिप्पणी गर्नु भयो, " रोटीमा तरकारी पोको पारेजस्तो ।" लोभ लागेर हुँदै होइन तर रहर मानेर यात्रामा जे पनि खान पि नहट्ने अर्का सहयात्री अच्युत पौडेलले यहाँ कफी बाहेक अरु कुरा खान मान्नु भएन । वहाँलाई आफ्नो पेट गडबड भएको भ्रम परेको रहे । कुरो के भने अगिल्लो रात वहाँले ढिँडो थपिथपी हान्नु भएको र यात्रामा मकैभटमास त झन पानी घट्टमा झैँ ओइरो लगाउनु भएको । तर पि वहाँलाई केहि भएन । कसरी होस् ? यो चिसोमा यति हिँडे पि ढुंगो माटो खाए पनि पच् होला । 
"कफि थप्ने कि ?" साहुनी दिदीले सोध्नुभयो । अच्यूत पौडेलले नाक खुम्च्याउनु भयो । यति बेलासम्म थपुवा कफी सित्तैमा हो भन्ने हामीलाई के थाहा ? 
खाजा खाएर अलिकति माथि पुगेपि टाकुरामै पुगियो । ३०३० मिटर अग्लो ठाउँमा रहेको गल्ी । अब पूरै बाँकी बाटो ओरालै ओरालो । ३ घण्टा भन्दा बढीको । हाम्रो लक्ष इंखु नदीको पुल तरेर बास बस्ने । तर पारी उत्तर भित्तामा चोयु हिमालका टाकुराले मन ोयो ।  तिनै टाकुरासँग एक तर्फी प्रेम बस्यो । बसेको ठाउँबाट उठ्न मन मानेन । त्यसो त अलिअलि थाकेका खुट्टा नमानेका पनि हुन् ।

**********
४.

पेलमांगबाट पैया बास बस्न आइपुग्दा झमक्कै अँध्यारो भयो । गाईखर्कको पाखो र पैयालाई जोड्न ५ मिनेटकै दुरीमा इंखु खोलामाथि दुइटा झोलुंगे पुल रहेन् । किन होला कुन्नि ?  पुल तर्दा अँध्यारो भएकोले केहि भेउ पाइएन । पुल तर्नासाथ नाकै ठोक्किने उकालोको फेदमा एउटा शेर्पा होटेल रहे । त्यहिँ बास बसियो । त्यहाँ सोध्नुपर्ने । बिर्सिए । सोलुका यो बाटामा भेटिएका जुनै होटेल पनि सफा र पाउना सत्कारमा निपुण । यो होटेलको भिन्नता भनेको चाहिँ यहाँ शेर्पा दाइ आफै भान्सामा कस्सिएका थिए । अरु सबै ठाउँमा होटेल व्यवसाय पूरै महिलाले धानेका पाइन्थे । धेरैजसो घरमा पुरुष देखिएनन् पनि । पुरुषहरु पर्यटन व्यवसायबाट ट्रेकिंगतिर, कोहि काठमाडौँतिर र कोहि पर्यटकसँग साँठगाँठ मिलाएर युरोपतिर समेत पुगेका हुँदा रहेन् । खाना एकै घण्टा पनि नहुँदै तयार भयो । भात, इस्कुसको तिउन र गोलभेँडाको अचार । अनि खान चाहनेलाई सुकुटी । मैले सुकुटी पनि चपाएँ । खाना खाइवरी सुत्न खोज्दा एउटै कोठाका दुईटा खाटमा ४ जना कोच्चिनु पर्ने पो सुनियो । केहि अनुरोध गरे पि शेर्पादाईले एउटा कोठा थपिदिनुभयो । वहाँको ोरीको कोठा रहे । कोठामा राखिएका किताबकापी, टाँगिएका फोटाहरु र मेकअपका सामानबाट थाहा भएको । आठै बजे त के सुत्नु !  चारजना एउटै कोठामा बसेर गफ्फिन सुरु ग-यौँ । मेरा आँखा भित्ताभरी टाँसिएका कापीका पानामा परे । मेरी बास्सै ! ती नानी त कवि प्रतिभा भएकी रहििन् । मैले एक एक कविता पाठ गरेर टोलीमाझ सुनाएँ:
पहिलो कविताको शिर्षक : यो मन बरु ढुंगा भए हुन्थ्यो
हे दैव जति दुःख दिन्ौ देऊ
म त सहिदिन्
बरु रोइदिन्ु 
तर केहि गुनासो ैन तिम्रो जिन्दगीसँग
यो मन बरु ढुंगा भयो हुन्थ्यो ।

बिहान झिसमिसेमै उठेर शेर्पा दाइसँग विदा माग्यौँ । होटेलको सँघार बाहिर लाग्नासाथ उकालो सुरु हुन् ।
"यो नाक ठोक्किने उकालो काट्न कति बेर लाग्ला दाइ ?" हिँड्नै लाग्दा मैले सोधेँ । मलाई उकालो उति रमाइलो लाग्दैन ।  "म त ४० मिनेटमा सक्ु। तर टाढैबाट आउँदा मलाई पनि १ घण्टामा हम्मे पर् । तपाईँहरुलाई डेढ दुई लाग्ला !"
उकालो मन नपरे पनि उकालोमा म अघि लाग्ु सकेसम्म । पाडि परे अगाडि पुगेकालाई माथि माथि देख्दा मन आत्तिएर झनै गलिन् । अनि, उकालो हिँड्दा मैले जानेको तरिका भनेको बिस्तारै बिस्तारै हिँडिराख्ने हो । नरोक्किने । बिसाउनै परे ठिंग उभिने एक्कै िन। तर नथेच्चिने । हाम्रा शास्त्रले पनि त हामीलाई यहि सिकाएका न् । 

शनै: पन्था शनै: कन्था शनै: पर्वत लङ्घनम् ।
शनै: बिद्या शनै: द्रब्यम् पञ्चैतानी शनै: शनै: ।।

अर्थात्, बाटो हिँड्दै जादा बिस्तारै सकिन् । 

कपडा पनि बिस्तारै पुरानो हुँदै जान् । पर्वत चढ्दा पनि बिस्तारै चढे शिखरमा पुग्न सकिन् । त्यस्तै विद्या पनि बिस्तारै प्राप्त हुन् । अनि धन पनि बिस्तारै आर्जन हुन् । त्यसैले यी पाँच कुरा बिस्तारै प्राप्त हुन्न् । 
म अघि लागेँ ।
शेर्पा दाइले भने झैँ हामी डेढ घन्टामा उकालो काटेर बास्मेको सिबुजे गाउँमा बिसाउन आइपुग्यौँ । बैसाखमा गएको भुईँचालाले यो शेर्पा बस्तीलाई पनि तहस नहस पारेको रहे । घरेउको गोठमा बसाईँ सारेका शेर्पा बूढाबूढीको बासमा सुच्या बनाउने काठको भाँडो बाहिरैबाट देख्नासाथ शेर्पिनी आमालाई सोधेँ, "सुच्या खान पाइन् आमै ?"
पारी हिमालको टुप्पाबाट उदाएको बिहानी घामका पहिला किरणले गोठको बारबाट भित्र िरेर चार बीस हाराहारीका लाग्ने ती बूढाबूढीका मुहारलाई झलमल्ल पारेका थिए । 
"पाइन् । भित्रै आउनोस् न ।" घामका उज्यालामा आमाका दाँत टल्किए । 
शेर्पा चिया तयारै रहे । शेर्पिनी आमाले एक मग भरी हालिदिनु भयो । कति मिठो ! मैले अर्को मग पनि खाएँ । अझै थप्नोस् । यो चिया आडिलो हुन् । भोक लाग्दैन । शेर्पिनी आमैले भन्दै हुनुहुन्थ्यो । मैले पुग्यो भने । थपुवाको पैसा लागिदैन भन्ने मलाई के थाहा !

*******
५.

"फेरि पनि पाल्नोस् ल !" समधूर आवाज सुनेर पाडि फर्केर हेरेको उता  /आठ बर्षे नानी र बाबूले हामीतिर हात हल्लाएर विदाइको अभिवादन गरिरहेका । यति खेर हामी सिबुजे गाउँको एउटा लज एण्ड रेस्टुरेन्टबाट थुक्पा खाएर बाटो लाग्न घरको कम्पाउन्डबाट बाहिरिँदै थियौँ । सहयात्री तिर्थ कार्की र म यो हार्दिक बिदाइले त्यसै त्यसै पग्लियौँ । कति सिपालु र मायालु यी केटाकेटीहरु पनि ! हामी गदगद भयौँ । म काठमाडौँमा बस्ने मान्े ।  यस पटक चाडवाडको बेला पनि अफिसको कामकाजले बेफुर्सद भएर थकित तन र मनलाई बहलाउन र विदा मनाउनलाई कहिल्यै नदेखेका गाउँ ठाउँ हेर्न भनेर हिँडेको यी उकाली ओराली । बिना काम विशेष यो बाटो जीवनमा सहजै के दोहो-याइएला र अब फेरि ! तर यिनीहरुको यहि मायालु निम्तो मान्न पनि फेरि कुनै समय आउनुपर् कि जस्तो बनायो । खुट्टा गन्तव्यतिर लम्काउँदा पनि मेरो मन त्यहिँ टाँसिएर ुट्यो ।
खासमा एक िन अघि त्यो रेस्टुरेण्टमा िर्नासाथ अच्युत पौडेल र तिर्थ कार्कीले थुक्पा आधा आधा बटुका अर्डर गर्नु भएको थियो । मैले र महेश भाइले एक एक बटुका । शेर्पा बहिनीले जब थुक्पा बनाउने नुड्डुल उमाल्न बसालेर सागसब्जी काटकुट पार्न लागिन्, वहाँहरु पनि  लोभिनुभयो र बोलिहाल्नु भयो, "हामी पनि फुल बटुका खाने है ।" थुक्पा तयार होउन्जेल मैले बहिनीको अनुमति लिएर कोठा चोटा चहारेँ, किनभने त्यहाँका प्रत्येक दृश्यले मलाई लोभ्याइरहेको थियो । यो अनकण्टार, विकट र दूर्गम गाउँमा पनि घरको 'इन्टेरियर डेकोरेशन' (आन्तरिक साजसज्जा)बाट म निकै प्रभावित भएको थिएँ । भान्सा र खाने कोठाको बिचमा सुन्दर चिटिक्क परेको कोठा तताउने धुवाँरहित चुलो र त्यसको वरीपरी लुगा टाँगेर सुकाउने चौकोस, कुनामा धुवाँरहित खाना पकाउने चुलो, ठिकठिक ठाउँमा थन्काइएका सफा भाँडाकुँडा र भान्से औजारहरु । दक्षिणपट्टि पूर्वतिर ठूला ठूला सिसाका झ्याल भएका बस्न, पाठपूजा गर्न र सुत्नलाई बनाइएको उज्यालो र फराकिलो कोठा; र कोठाभरि काठका कलात्मक शृंगार, बुद्ध परम्पराका प्रार्थना र संस्कारका कलाकृतिहरु । काठका फल्याक ओ्याइएको न्यानो र आरामदायी भुईँ । खानेकुराको भण्डारण पनि मनै लोभ्याउने र कला मिसिएको सैलीमा । दैनिक प्रयोगमा आउने अनाजहरु तामाका कलात्मक भाँडामा राखिएका न् । राति सुन्ना डिग्रीभन्दा तल झर्ने तापक्रममा लुगा कपडा सफा राख्नु कम चुनौतिपूर्ण कुरो होइन । तर कोठामा सबै लत्ता कपडा भर्खर लौन्ड्री (कपडा धुलाई घर)बाट ल्याएर राखेका जस्ता । सफा र चिटिक्कसँग पट्याएर चांग लगाइएका । अनि हिउँजस्तै गोरी बिरालीले मुसाको चकचक र बिठ्याइँविरुद्ध पहरेधार गरेकी । एउटा जोसुकैले कल्पना गर्ने पूर्ण घरजस्तो लाग्ने घर ।
'आउनोस् दाइ, थुक्पा तयार भयो ।' इन्टेरियर डेकोरेशनमा हराइरहेको बेला बहिनीको मधुर आवाजले सपनाबाट बिउँझे जस्तो पो भयो । हामीले थुक्पा खाएको हेर्ने अरु कोहि भएको भए घुटुघुटु थुक निल्ने थिए । ठूलो बाउलमा भरी भरी करेसाबारीको ताजा सागसब्जीले जितेको थुक्पा । पहिलो चम्चा सुरुप्प पार्न नपाउँदै बहिनीले सिसीमा गलाएर राखेको डल्ले खुर्सानी र लसुनका पोटी अगाडि सारिदिइन् । अन्नि ुट्टै थालीमा प्याजका बाटुला टुक्राहरु ल्याइदिइन् । अनि आयो मन तातो पानी । जसै शालिनता र हार्दिकताले एक पि अर्को खाने कुरो आइरहेको थियो तिर्थ कार्की त्यसै त्यसै सम्मोहित भैरहनु भएको थियो । 
"केहि अरु दाइ ?"
तिर्थ कार्कीले जाडो याम बिर्सेर अगिल्तिर कपबोर्डमा ठडिएको बोतलमा आँखा पु-याएर अनायसै बोल्दिनुभयो, "पेप्सी !" 
किन वहाँमात्रै ! धेरथोर हामी सबै सम्मोहित भएका थियौँ ।

No comments:

Post a Comment